Quantcast
Channel: लघुकथा
Viewing all articles
Browse latest Browse all 2466

उचाई (नेपाली)

$
0
0

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

बुबा अचानक गाउँबाट आउनु भएको देखेर श्रीमती रिसले आगो भइन् – “बूढालाई पैसा चाहिएजस्तो छ। नत्र यहाँ को आउँथ्यो र ? आफ्नै पेटको खाल्डो भरिँदैन, आफन्तको कुवा केले भर्नुहुन्छ तपाईँ ?”

म नसुनेझैँ गरेर अर्कातिर हेर्न थालेँ। बुबा कलमा हात-मुख धोएर यात्राको थकान मेटाउँदै हुनुहुन्थ्यो। यसपल्ट मेरो हात निकै साँघुरिएको थियो। ठूलो छोराको जुत्ताले मुख बाएको थियो। ऊ स्कुल जानेबेलामा सँधै गनगनाउँथ्यो। श्रीमतीको दवाईका लागि सबै औषधिहरू किनेको थिएऩ। बुबालाई पनि अहिले नै किन आउनुपर्‍या ! घरमा बोझिलो मौनता छाएको थियो। खाना खाइसकेपछि बुबाले मलाई आफ्ना छेउमा बस्ने सङ्केत गर्नुभयो। कुनै आर्थिक समस्या होला भन्ने मलाई शङ्का लागेको थियो। बुबा कुर्सीमैं घुँडा मारेर बस्नुभयो। बेफिक्रीसँग “सुन” भनेर उहाँले मेरो ध्यान आफूतिर तान्नु भयो। म सास रोकेर उहाँको मुखतिर हेर्न थालेँ। मेरा हरेक रोमकुपहरू कान भएका थिए अर्को वाक्य सुन्नलाई।

उहाँले भन्नुभयो – “खेतीको कामले एकैछिन पनि फुर्सत हुन्न। यतिबेला पनि कामकै चाप छ। बेलुकाको फिर्ती गाडीमै फर्किन्छु। तीन महिनादेखि तिम्रो कुनै चिट्ठी आएको थिएन। तिमीलाई अप्ठ्यारो पर्दा मात्र तिमी त्यसो गर्छौँ।”

उहाँले गोजीबाट सय-सयका दसवटा नोट निकालेर मतिर तेर्स्याइदिनुभो -“राख, तिमीलाई काम लाग्छन्। यसपल्ट धान राम्रो फल्यो। घरमा कुनै अप्ठ्यारो छैन। तिमी निकै कमजोर देखिएका छौ। राम्ररी खान-पिन गर। बुहारीको पनि हेरचाह गर।”

मैले केही भन्न सकिनँ। शब्दहरू घाँटीमा अड्किएजस्ता भए। मैले केही भन्नु अगाडि नै बुबाले मायाले हकार्नुभो – “लेऊ। धेरै ठूला भयौ कि क्या हो ?”

“हैन त !” मैले हात अगाडि बढाएँ। बुबाले नोट मेरा हातमा राखिदिनुभयो। बर्सौ पहिले बुबाले मलाई स्कुल पठाउँदा यसै गरी एकाना मेरा हातमा राखिदिनुहुन्थ्यो, तर त्यसबेला मेरो नजर आजको जस्तो झुकेको हुँदैनथ्यो।

-0-

कुमुद अधिकारी

http://sahityasarita.com/article.php?id=3

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

http://sahityasarita.com/article.php?id=3

Viewing all articles
Browse latest Browse all 2466

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>