Quantcast
Channel: लघुकथा
Viewing all articles
Browse latest Browse all 2466

स्कूल (नेपाली)

$
0
0

अनुवादः एकदेव अधिकारी

       “मैले भनिसकेँ नि, गाडी ढिलो हुन्छ भनेर,” स्टेशन मास्टरले झर्को मान्दै भन्यो- “छ घण्टा भन्दा अगाडि त आउँदैन, अब गइहाल यहाँबाट….हिजो देखि किन यति सताइरहेको !”

       “हजुर नरिसाउनुस न,” ग्रामीण महिलाले हाथ जोडेर भन्न थाली- “मलाई एकदम चिन्ता भइरहेको छ, छोरोले घर छाडेको तीन दिन भइसक्यो….ऊ हिजै आउनु पर्ने ! पहिलोपल्ट घरबाट एक्लै बाहिर निक्लेको हो ।”

       “अनि छोरोलाई एक्लै किन पठाएको त ?” महिलाको अनुनयका कारण नरम हुँदै उसले सोध्यो । “मति भ्रष्ट भएको रहेछ मेरो,” उसले रुन्चे स्वरमा भनी- “छोरोको बाऊ छैनन्, म गुन्द्री, दरी बुनेर घरखर्च चलाउँछु । केही दिनदेखि काम गरेर दुई पैसा कमाउँछु भनेर जिद्दी गरिरहेथ्यो । टोकरी भरी चना लिएर निक्लेको थियो ।”

       “चिन्ता नगर्नु…आइहाल्छ नि !” उसले सान्त्वना दियो ।

       “हजुर…एकदमै सिधा छ मेरो छोरो, उसलाई राति एक्लै निद्रा पनि लाग्दैन…मसँगै सुत्छ । हे भगवान् ! यो दुई रात उसले कसरी काट्यो होला ? यस्तो जाडोमा ऊसँग ऊनी कपडा पनि त छैन…” ऊ सुँक्कसुँक्क गर्न थाली । स्टेशन मास्टर आफ्नो काममा लाग्यो । ऊ वेचैन भएर प्लेटफार्ममा यताउता टहल्न थाली । त्यो गाउँको सानो स्टेशनमा चारैतिर अन्धकार व्याप्त थियो । उसले मनै-मन निश्चय गरी कि भविष्यमा आफ्नो छोरोलाई कहिल्यै पनि आफूबाट टाढा हुन दिने छैन । ट्रेन चर्को आवाज निकाल्दै त्यो सुनसान स्टेशनमा आइपुग्यो । ऊ श्वास रोकेर, आँखा च्यातेर ट्रेनका डिब्बाहरूतर्फ हेरिरहेकी थिई । एउटा आकृति दौडँदै आयो । नजिकबाट उसले देखी- “तनक्क तन्किएको गर्धन, ठूला-ठूला आत्मविश्वासपूर्ण आँखाहरू, ओठमा हल्का मुस्कान…।

       “आमा, तपाईँ यति राति यहाँ आउनु नहुने थियो ।” आफ्नो छोरोको गम्भीर, चिन्तायुक्त आवाज उसको कानमा पऱ्यो । ऊ छक्क परी । उसलाई विश्वास भएन यो तीन दिन मै उसको छोरो यति ठूलो कसरी भयो ?

-0-


Viewing all articles
Browse latest Browse all 2466

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>